
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ ।
बिहीबार मतदान स्थल र निर्वाचन केन्द्रहरूको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिृकतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताउनुभयो ।
उहाँले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिनुभयो ।
सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताउनुभयो ।
मतदान स्थलको सबै क्षेत्र सिसिटिभीको निगरानीमा रहने र त्यो क्षेत्रलाई निर्वाचन आयोगले निगरानी गर्नेगरी व्यवस्था गरिएको पौड्यालले बताउनुभयो ।
२ वटा सिसिटिभी क्यामेराले २४ सै घण्टा मतपत्र भण्डारण कक्षलाई निगरानीमा राखेको र त्यो कक्षको डिस्प्लेमार्फत प्रतिनिधिहरूलाई देखाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।
सूचना अधिकारी पौड्यालले भरतपुर महानगरपालिकाको मतपत्र मतगणना कार्य चितवन उद्योग संघको ब्लक सीको क्षेत्रमा हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्