
काठमाडौं । स्थानीय तहको निर्वाचनको वातावरणले अर्थतन्त्रको ऐना मानिने पूँजीबजार समेत प्रभावित भएको छ ।
गत भदौ २ गते बजार परिसूचक नेप्से ३२ सय माथि पुगेकोमा यसै साताको सुरुमा २२ सयको लाइनमा आयो । तर, अहिले फेरि बजारले लय समात्ने थालेपछि लगानीकर्ता आसावादी देखिएका छन् ।
लगानीकर्ताको नजरमा शेयरबजारलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका अन्य निकाय कमजोर देखिएका छन् ।
यसअघि बजेटमा पूँजीबजारका समेटिएका समस्या कार्यान्वयन हुन नसेकपछि हाल बजारमा तरलता अभाव, राष्ट्र बैंकको ४/१२ को नीति, बोर्डको ५१ वटा कम्पनीको काण्डलगायत ब्रोकर तथा कर्पाेरेट हाउसका ठूला-ठूला लगानीकर्ताबाट सीमित व्यक्तिका इन्साइडर टेडिङका कारण बजार प्रभावित भएको केही लगानीकर्ताको आँकलन रहेको छ ।
यससगै छिटो–छिटो अर्थमन्त्री परिवर्तन हुनु, राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वय नहुनु पनि अर्काे कारण रहेको छ । तर, निर्वाचनपछि बजारमा तरलता सहज हुने भएकाले बजार सुधार हुँदै जाने आशा रहेको शेयर विश्लेषक एवं लगानीकर्ता प्रा. हरि कार्की बताउनुहुन्छ ।
शेयरबजार घट्नुपर्ने कुनै कारण नरहेको लगानीकर्ताको तर्क छ । बजार बढ्दै गर्दा नयाँ लगानीकर्ता आउने, शेयर बजार घट्दा जोखिम लिन नचाहने र पूरानो लगानीकर्ताको सामथ्र्य कम हुने भएकाले पनि घट्दो बजारमा आकार कम भएको ब्रोकर एशोशिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउनुहुन्छ ।
स्टक मार्केटको विकास विना देश समृद्ध नहुने भएकाले अहिले एनआरएनएलाई शेयर बजारमा भित्र्याउनु पहिलो प्राथमिकता रहेको छ । गत वर्षभन्दा यो वर्ष अलि फरक माहोल देखिएकाले ३२ सयको हाराहारीबाट घटेको बजार पुन सुधारोन्मुख रहेको लगानीकर्ता श्रेष्ठको भनाइ छ ।
हाल १२ लाख ५० हजारको हाराहारीमा अनलाइन कारोबारसँग जोडिएका लगानीकर्ता छन् भने ५० लाख बढी आईपीओमा जोडिएका कारण बजार विस्तार हँुदै गएको छ । चुनावपछि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले पूँजीबजारमा थप स्थायित्व आउने विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्