
काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आज (शुक्रबार) बिहान मतदान गर्नुभएकाे छ ।
उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हाे।
उहाँले सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुगेको समेत बताउनुभएकाे छ । निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि निर्वाचनमा सहभागी भएको समेत बताउनुभयाे । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण भएकाले अहिले निर्वाचन भएको प्रधानमन्त्री देउवाकाे तर्क छ ।
सत्ता गठबन्धनले काँग्रेस कमजोर नभएको प्रधानमन्त्री शेरबाहादुर देउवाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्