
सर्लाही । स्थानीय तह निर्वाचनमा जिल्लाको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटकको झडपपछि स्थगित मतदान सुचारु भएको छ ।
कौडेना गाउँपालिका–६ को श्री जनता आधारभूत मतदानस्थल नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएको हो ।
विहानदेखि पटक–पटक झडप भएपछि मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । घटनापछि मतदातस्थलमा खटिएको सेनाले हतियार तेर्स्याएपछि स्थिति शान्तिपूर्ण बनेको स्थानीय सञ्चारकर्मी निरज यादवले जानकारी दिनुभयो ।
कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा विहान १ घण्टा मात्र भएको मतदान आधाघण्टा पछि झडपका कारण दोस्रो पटक अवरुद्द भएको थियो ।
४० मिनेट रोकिएको मतदान केहीबेरअघि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्