
काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर मतदान भइरहेको छ । मतदाताहरु आफ्नो नामावली भएको मतदानस्थलसम्म पुगेर मतदान गरिरहेका छन् ।
देशका केही ठाउँमा झडप, गोली चलाउनुपर्ने अवस्थासम्म आइपुग्दा केही अधिकांश ठाउँमा ३५ प्रतिशतभन्दा बढी मतदात भइसकेको खबर प्राप्त भएको छ ।
दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।
काठमाडौं लगायतका मुख्य शहरमा शान्तिपूर्ण र सामान्य तरिकाले मतदान भइराख्दा केही पहाडी जिल्ला र तराई जिल्लाहरुमा भने झडप र गोली चलेको सम्मका खबरहरु आइरहेका छन् ।
सर्लाहीमा काठमाडौंबाट नै थप सेना मगाएर मतदान गर्नुपरेको त्यहाँबाट प्रकाश मैनालीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे २ बजेदेखि त्यहाँ वर्षा हुँदा मतदानमा समस्या परेकाे छ ।
सर्लाहीसँगै इलामका केही स्थानहरूमा पनि छिटफुट वर्षा भएकाे संवाददाता प्रकाश नेपालले जानकारी गराउनुभयाे ।
यस्तै धनुषा र स्याङ्जामा झडपका घटनाहरु भइरहेका छन् । स्याङ्जामै मतदानका लागि गएका एउटै वडाका १४ जनाको सवारी दुर्घटनामा मृत्यु भयो ।
प्रतिक्रिया दिनुहोस्