
इलाम । जिल्लामा ५० प्रतिशत मतदान भएको छ ।
दिउँसो तीन बजेसम्मा जिल्लाका १० वटै पालिकामा करिव ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनुभयो ।
स्थानीय सरकारका प्रतिनिधि चयनका लागि ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तसहितका मतदाता सहभागी भइरहेको इङनामले बताउनुभयो ।
जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि चुस्त रहेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताउनुभयो ।
जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ८१ वटा वडामा मतदान भइरहेको छ । निर्वाचनबाट ४ सय २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
जसमध्ये ५ जना सदस्य निर्विरोध चयन भइसकेका छन् । ४ सय २५ जनाको लागि १ हजार ३ सय १९ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा छन् ।
इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन् । जिल्लाभर १ सय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्