२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाम निर्वाचन अपडेट : भीम रावलले गरे मतदान, झडप साम्य भएपछि मतदान सुचारू


182
Shares

अछाम । पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीमबहादुर रावलले साँफेबगर नगरपालिका–६ को भागेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

रिठागाउँस्थित चन्द्रोदय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रावलले मतदान गर्नुभएको स्थानीय रतनबहादुर रावलले जानकारी दिनुभयो ।

रावलले मतदान गर्ने मतदान केन्द्रमा ९५२ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेर बहादुर कुँवर, प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर, मनाकुमारी साउँद, पूर्वसांसद शरदसिंह भण्डारी लगायतले आफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् ।

दशवटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलगायत जनप्रतिनिधिले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

झडपका कारण ढकारी गाउँपालिका–२ हिच्मा, पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी र साँफेबगर नगरपालिका–११ बाब्लामा केही समय मतदान अवरुद्ध भए पनि अहिले सुचारु भइसकेको छ ।

अछामका बाँकी सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । अछामका १० स्थानीय तहका २०७ मतदान केन्द्र तोकिएका छन् ।