
काठमाडौं । बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मतदानका लागि केन्द्रमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।
बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको जोशीले बताउनुभयो । विष्टको मृत्युसँगै मतदान केहीबेर प्रभावित भए पनि अहिले मतदान चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्