१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाबुराम भट्टराईलाई आयाेगकाे २४ घण्टे स्पष्टिकरण


4.238k
Shares

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचारप्रसार गरेको भन्दै आयोगले उहाँलाई २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको हो ।

शुक्रबार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले स्वस्तिक छाप लगाएको मतपत्र सार्वजनिक गर्नुभएको थियो ।

निर्वाचन आचारसंहिता अनुसार मत संकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।