
इलाम । इलामको सूर्योदय नगरपालिकामा १ सय ११ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ ।
नगरपालिकाको वडा नम्बर १४ बतासे स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीया विष्णुमाया अधिकारीले मतदान गर्नुभएको हो ।
अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।
अधिकारीले मतदान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएको स्थानीय पत्रकार मनिस बस्नेतले जानकारी दिनुभयो ।
उक्त केन्द्रमा कुल ३ हजार ३९ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्