
काठमाडौं । देशभर अपरान्ह ५ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगको कार्यालयले शुक्रबार सामाजिक सञ्जालमार्फत् ४ बजेसम्म देशभर ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो ।
आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।
केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु भएको आयोगको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्