१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पौने ५ बजेसम्म ६० प्रतिशत मतदान, अझै बढ्नसक्ने आयोगको अनुमान


624
Shares

काठमाडौं । निर्वाचन आयोगले ६० प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पौने पाँच बजेसम्म ६० प्रतिशत मतदान भएको जानकारी दिनुभयो ।

यद्यपि यो तथ्याङ्क अझै बढ्नसक्ने उहाँले बताउनुभयो । मतदानका लागि केन्द्रमा प्रवेश गरिसकेकाहरुले अझै पनि मतदान जारी रहकाले अझै पनि मतदाताको संख्या बढ्नसक्ने उहाँको भनाइ छ ।

यस्तै, निर्वाचन आयोगले मतपेटिका मतगणना स्थलमा आइसकेपछि मतगणना सुरु गरिने जनाएको छ ।

सुगम स्थानहरूमा आज साँझबाट मतगणना सुरु गर्न सकिने भए पनि दुर्गम पालिकाहरुमा भने मतपेटिका आइसकेपछि हुने प्रवक्ता शर्माले बताउनुभयो ।