
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ ।
मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ ।
बैंगलोर आज ८ औं जित निकाल्ने तयारीमा छ । १२ खेलबाट १४ अंकसहित चौथो स्थामा रहेको बैंगलोर पञ्जाबलाई हराएर तेस्रो स्थानमा आउन चाहन्छ ।
११ खेलबाट १० अंक जोडेको पञ्जाव पनि छैटौं जितको खोजीमा रहने छ । आज जित निकाल्न सके पञ्जावको प्ले अफ पुग्ने सम्भावना कायम रहने छ ।
यस अघिको खेलमा पञ्जाबले बैंगलोरलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्