
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको आज निधन भएको छ ।
उनको ७३ वर्षको उमेरमा स्वास्थ्य जटिलताका निधन भएको जनाइएको छ ।
राष्ट्रपति मामिला मन्त्रालयले उनको निधनप्रति शोक व्यक्त गर्दै आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ ।
साथै संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा पनि गरेको छ । सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्