१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्वतमा ६५ प्रतिशत मत खस्यो


104
Shares

पर्वत । पर्वतमा स्थानीय तहको निर्वाचनम ६५ दशमलव ४ प्रतिशत मत खसेको छ ।

जिल्लाका ७ पालिकामा रहेका ७४ मतदान स्थलमा साँझ पाँच बजे सम्म ६५.४ प्रतिशत मत खसेको हो ।

कुल १ लाख २२ हजार ५० जना मतदाता मध्ये ७९ हजार ८ सय ५० मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

अहिले मतपेटिका संकलनको काम भैरहेको छ । साँझ ८ बजेसम्म सबै वडाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म पुग्ने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीका अनुसार कुश्मा नगरपालिकामा शनिबार बिहान १० बजेपछि मात्रै मतगणना शुरु गर्ने जनाइएको छ ।

शनिबार बिहान ८ बजे सर्वदलिय वैठक बोलाईएको र त्यसपछि मतगणना सुचारु गरिने उहाँले बताउनुभयो । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्णय गर्ने जनाएको छ ।