
नवलपरासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदान स्थलमा राति ८ बजेसम्म मतदान कार्य जारी रहने भएको छ ।
पानी परेका कारण केही मतदान स्थलमा मतदान कार्य ढिलो भएको हो । भने एक मतदान स्थलमा मतदान अधिकृत बेहोस भएपछि ढिला हुन पुगेको हो ।
ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि ढिला भएको स्थलमा अधिकृतको अवस्था सामान्य भएपछि मतदान सुरु भएको छ ।
जिल्लामा २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थल तोकेर मतदान सुरु गरिएको थियो । मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् । अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पु¥याउने काम भएको छ । मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको पोखरेलले बताउनुभयो । साँझसम्म भएको मतदान शान्तिपूर्ण तरिकाले भएको प्रजिअ पोखरलेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्