
हेटौंडा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्लाको कुनैपनि मतदान केन्द्रमा बिबाद नभएको र शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको मकवानपुर प्रशासनले जनाएको छ ।
मतदान कार्य सम्पन्न भएपछी हेटौडा उपमहानगरपालिकाको १९ वटै वडाको मतपेटिकाहरु वडा न ४ स्थित सिद्धार्थ माद्यामिक विद्यालयमा ल्याउने क्रम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्