२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तेह्रथुममा करिब ६७ प्रतिशत मतदान


195
Shares

तेह्रथुम । तेह्रथुममा ६६.९४ प्रतिशत मत खसेको छ ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तेह्रथुममा दुई नगरपालिका र चार वटा गाउँपालिका ६६ दशमलव ९४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

निर्वाचनमा तेह्रथुममा ४८ हजार ७ सय ९८ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार आठ राई गाउँपालिकामा ९ हजार १ सय ५१ जना र छथर गाउँपालिकामा ७ हजार ८ सय ४३ जनाले मतदान गरेका छन् । त्यस्तै, फेदापगाउँपालिकामा ८ हजार ३ सय ६६ जना र मेन्छ्यायेम गाउँपालिकामा ४ हजार २ सय ७४ जनाले मतदान गरेका छन् ।

म्याङलुङ नगरपालिकामा १० हजार १ सय ८५ जना र लालीगुराँस नगरपालिकामा ८ हजार ९ सय ७९ ले मतदान गरेका छन् । त्यस्तै, तेह्रथुममा ३५ हजार ९ सय २२ जनामहिला र ३६ हजार ९ सय ७३ पुरुष गरि कुल ७२ हजार ८ सय ९५ जनामतदाता रहेका थिए ।