२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा ७२ प्रतिशत मत खस्यो


338
Shares

बर्दिया । बर्दिया जिल्लामा ७२ प्रतिशत मत खसेको छ ।

जिम्लाका ८ वटै पालिकामा मतदान ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो ।

जिल्लाका ६ नगरपालिका मध्य गुलरियामा ७५, ठाकुरबाबामा ७२, बारबर्दियामा ७२, बासगढि ७१, मधुवनमा ७१, राजापुरमा ७२, बढैयाताल गाउँपालिकामा ७३ र गेरुवा गाउँपालिकामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय बर्दियाले जनाएको छ ।

चर्को गर्मीमा पनि मतदाताले उत्साहका साथ आफ्नो सरकार चयनको लागि मतदामा सहभागी भएका थिए । मतदान प्रकियामा जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्ति सबैको उत्साजनक सहभागिता थियो ।

जिल्लामा शान्ति पुर्ण ढङ्गले निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । निर्वाचनबाट एक सय जना प्रतिनिधी निर्वाचित हुने छन् । १ हजार ७ सय १ सय जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बर्दियामा कुल ३ लाख ११ हजार ४ सय १० कुल मतदाता रहेका छ्न । जसमध्ये पुरुष १ लाख ५२ हजार ७ सय ४२ छन भने १ लाख ५८ हजार ६ सय ६० महिला रहेका छन् । अन्यको हकमा ६ जना छन् । जिल्लाभर १ सय ५३ वटा मतदान स्थल र ३ सय ७१ वटा मतदान केन्द्र रहेको तोकिएको थियो ।