
काठमाडौं । रामेछापका ७ वटा स्थानीय तहको मतगणना केहीबेरपछि सुरु हुँदैछ ।
शनिबार बिहान ८ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । शनिबार बिहान ७ वटै स्थानीय तहमा एकसाथ मतगणना हुने भएको छ ।
खाँडादेवी गाउँपालिका-१ राकाथुममा मतदान हुन नसकेपछि खाँडादेवी गाउँपालिकाको भने उक्त मतदान केन्द्रमा पुनः मतदान सम्पन्न गरेर मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्