
काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी हुनु भएको छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्नु भएको हो ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका लालचनले ७६० मत र एमालेका थकालीले ७५८ मत प्राप्त गर्नु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी हुनु भएको छ ।
कांग्रेसकी जमुना थापा मगरले ६९३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गर्नुभएको छ ।
२०७४ को स्थानीय चुनावमा यो गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्