
अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले वडा अध्यक्ष पदमा जितेर खाता खोलेको छ ।
जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनामा कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार कमल पोख्रेल सहित प्यानल नै विजयी भएको हो ।
वडा अध्यक्ष पदमा निर्वार्चित पोख्रेलले ८१३ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याउँनु भएको छ ।
यस्तै, सदस्यहरुमा महिला सदस्यमा कांग्रेसकी शान्ता पौडेल, दलित महिला सदस्यमा कांग्रेसकी सविना विश्वकर्मा तथा खुल्ला सदस्यहरुमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्