२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा निर्वाचनमा भोट नदिएको भन्दै ८ कांग्रेस कार्यकर्ता पिटिए


637
Shares

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा कुटपिटबाट आठ जना घाइते भएका छन् ।

निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै कुटपिट गर्दा स्थानीय आठ जना घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज बिहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ ।