
सुनसरी । धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर १,२ र ३ को एकरएक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क सम्पाङ्ले ७९ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जु भण्डारीले ५३ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।
उपमेयरमा माओवादी केन्द्रका अइन्द्र बेघाले १२५ मत प्राप्त गर्नुभएको छ । एमालेका पदम लिम्बुले ७६ मत प्राप्त गर्नुभएको छ ।
वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ४९ मत प्राप्त गर्नुभएको छ । राप्रपाका रोशन अधिकारीले २३ मत प्राप्त गर्नुभएको छ ।
वडा न. २ मा कांग्रेसका सुधिर लिम्बू र एमालेका रमेश राइले समान ४७ मत प्राप्त गरेका छन् । धरान ३ मा वडाअध्यक्ष बिध्या शाक्यले ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका सुयोग पाखृनले ३३ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्