१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी


234
Shares

काठमाडौ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।
अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत ल्याएर पराजित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै अमृता बोहराले ७५९ मत ल्याएर विजयी हुँदा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याउनु भएको छ ।

माओवादीले सो गाउँपालिकाको तीनवटा वडा अध्यक्ष पनि जितेको छ । त्यहाँ कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेता पनि माओवादीले बाजी मारेको हो ।