२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटाको शहिदभूमी गाउँपालिकामा जेठ २ गते मतदान


104
Shares

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका ३ वटा मतदान केन्द्रमा मतदान जेठ २ गते हुने भएको छ ।

धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान जेठ २ गते हुने भएको छ ।

विवादका कारण स्थगित भएको मतदान पुन मतदान हुने भएको निर्वाचन अधिकृतको कार्यलय शहिदभूमी धनकुटाले जनाएको छ ।

मतदान जेठ २ गते विहान ७ बजे देखि बेलुका ५ बजेसम्म थलथलेको ठाकुरदेबि मावि क, ख र ग केन्द्रमा संचालन हुने समेत कार्यलयले जनाएको छ ।