१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचखालको वडा नं १३ मा स्थगित भएको निर्वाचन जेठ ३ गते हुने


91
Shares

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको स्थानिय तहको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ ।

बैशाख ३० गते हुन नसकेको स्थानीय तहको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिनुभएको छ ।

काभ्रेको पाँचखाल वडा नम्वर १३ मा मात्र मतदान रोकिएको थियो भने अन्य वडामा निर्वाचन सफल भएको छ ।