१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापाको बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी


585
Shares

झापा । झापाको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ को वडाध्यक्षमा टेक बहादुर राजवंशी निर्वाचित हुनुभएको छ ।

उहाँसँगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित हुनुभएको छ ।

वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी रहेको थियो । उम्मेदवारी दिने मध्ये शम्भूसिह २०७४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो ।

वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट भूमिराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजवहादुर राई र जनमत पार्टीबाट अघनलाल राजवंशी उम्मेद्वार रहनु भएको थियो ।