
कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ ।
शनिबार साँझ ६ बजेसम्मको मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि हुनुहुन्छ ।
नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्