८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भद्रपुर १ मा एमालेको प्यानल विजयी


2.886k
Shares

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बन्नु भएका अधिकारीले ६६३ मात प्राप्त गर्दै निर्वाचित बन्नु भएको हो । उहाँसँगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका छन् ।

निर्वाचित हुने वडा सदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल बहादुर लिम्बू रहनु भएको छ । त्यस्तै, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।