
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो ।
निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार बलराम राउतले २ हजार १० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका उम्मेदबार बिरु रखालले १ हजार १ सय ८९ मत प्राप्त गर्नु भएको छ । यसैबीच नगरप्रमुखका उम्मेदबार नेपाली काग्रेसका सञ्जय कुमार काफलेले वडानम्बर १ मा १ हजार ६ सय ७० मत प्राप्त गर्नु भएको छ भने उहाको निकटतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका उम्मेदबार बाबुराम दाहालले १ हजार १ सय ८२ मत प्राप्त गर्नु भएको छ ।
रौतहटको गौरमा नेकपा एकिकृत समाजवादीको नगरप्रमुखका उम्मेदबार शम्भु साह दुर्गाभगबती नगरपालिकामा नेकपा माओवादीका उम्मेदबार शम्भु सिह अग्रस्थानमा रहेका छन् ।
यसैबीच रौतहटको विभिन्न पालिकामा रध्द भएको निर्वाचन आगामी जेष्ठ ३ गते हुने भएको छ । रौतहटको ६ पालिकाको ११ मतदान स्थलको २४ केन्द्रको मतदान रद्द भएकोमा मंगलबार हुने सहमति भएको छ ।
रौतहटमा गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६, बौद्धिमाई नरपालिका ३, फतुवा विजयपुर नगरपालिकामा २ मतदान केन्द्र, यमुनामाई नगरपालिकाको वडा नम्बर १ र २ का मतदानहरु रद्द गरिएकामा जेठ ३ मा पुनः मतदान हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्