
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी हुनुभएको छ ।
उहाँले एक हजार तीन सय ४२ मतान्तरले एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार राजेन्द्र पाण्डेयलाई पराजित गर्नुभएको हो ।
पन्थीको ८ हजार ६ सय १४ र पाण्डेयले ७ हजार ३ सय २० मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी अमृतादेवि कुवरले ८ हजार ६ सय १९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । रिता पाण्डेयले ७ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
कुँवरले पाण्डेयलाई १ हजार ५ सय ७८ मतान्तरले पराजित गर्नुभएको छ । रेसुंगा नगरपालिकका १४ वडा मध्ये १० मा कांग्रेस र ४ वडामा एमाले विजयी हुनुभएको छ । रेसुंगा नगरपालिकामा वडा नं २, ३, ४, ५, ७, ९, १०, १२, १३ र १४ प्यानलसहित विजयी भएको छ। एमालेले वडा नं १ मा वडाध्यक्ष मात्रै, वडा नं ६, ८ र ११ मा प्यानलनै विजयी भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्