
काठमाडौं । भरतपुर महानगरपालिकाको सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राख्नुभएको छ ।
१३०० मत गणना हुँदा उहाँले ५०० मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले ४५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १६० मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका कांग्रेसका चित्रसेन अधिकारीले ४७८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्