
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउनुभएको छ ।
५ हजार ७७ मत गणना हुँदा उहाँले २ हजार २ सय १४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।
बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी रहेको छ। नेकपा एमालेका बाबुराम भट्टराईले १ हजार ३ सय १२ मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६ सय १३ मत प्राप्त गर्नुभएको हो।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्यालले १ हजार ४ सय ८२ मत प्राप्त गर्दै अग्रता लिनुभएकोछ। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
साथै राप्रपाकी भगवती पाण्डेले ८ सय ४ मत प्राप्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्