
काठमाडौं । सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।
अध्यक्षमा मिङ्मा छिरी शेर्पा २ हजार २८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १ हजार ६०९ मत ल्याउनुभयो ।
उपाध्यक्षमा पनि एमालेकै टासी ल्हमु शेर्पाले २ हजार २३ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापा मगरले १ हजार ५८२ मत पाउनुभयो ।
५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी चार वडामा नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्