१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरानमा तीन हजार ९ सय मत गन्दा कांग्रेसको अग्रता


585
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिनु भएको छ ।

धरानमा तीन हजार ९ सय मत गन्दा राईले एक हजार ४८९ मत ल्याएर अग्रता लिनु भएको हो । दोस्रोमा स्वतन्त्र उम्मदेवार हर्क साङ्पाङले एक हजार २८ मत र तेस्रोमा रहेका एमालेकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले ७८९ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखतर्फ नेकपा माओवादी केन्द्रका आइन्द्र बेघाले एक हजार ६०३ मत प्राप्त गर्नु भएको छ । एमालेका उपमेयरका प्रत्यासी पदम लिम्बुले ९ सय ३४ मत प्राप्त गरि बेघालाइ पछयाइरहनु भएको छ ।