२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कैलालीमा ३ पालिकामा नागरिक उन्मुक्तिको अग्रता


286
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ३ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको हो । ३ वटा पालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलेपछि पारेको छ ।

टीकापुर नगरपालिकामा ४ हजार ४ सय ४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १ हजार ४ सय ९० मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका नवराज रावलले ७ सय ८१ र नेकपाएमालेका श्याम खत्रीले ६ सय ९६ मत प्राप्त गर्नुभएको हो ।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले १ हजार १ सय ८७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएकी माओवादी केन्द्रका खडक शाहले ९ सय ४५ र एमालेकी उपमा केसी ५ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

जोशीपुर गाउँपालिकामा २ हजार ४ सय १९ मतको गणना सकिंदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६ सय ४९ र उपाध्यक्षमा रेखा कठरियाले ६ सय ६७ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा पदमा दोस्रो स्थानमा रहनुभएका राप्रपाका उम्मेदवारले ६ सय २४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४ सय ८४ मत प्राप्त गर्नुभएको हो ।

भजनी नगरपालिकामा २ हजार ९ सय २८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८ सय १२ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका एमालेका उम्मेदवारले ८ सय २ र माओवादी केन्द्रका उम्मेदवारले ७ सय २० मत प्राप्त गर्नुभएको हो । साथै उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमाले उम्मेदवारले ८ सय ४१ र माओवादीका उम्मेदवारले ५ सय ४७ मत प्राप्त गर्नुभएको हो ।