
काठमाठौं । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उममेदवार विजयी भएका छन् ।
अध्यक्षमा भैरवबहादुुर साउद र उपाध्यक्षमा कुमारी विष्ट विजयी हुनुभएको हो । अध्यक्षमा साउदले २ हजार ३ सय ४३ मत पाउँदा उहाँको निकतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्र घर्ती मगरले १ हजार ६ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा विष्टले २ हजार ४ सय ७ मत ल्याएर विजयी हुँदा उहाँकी निकतम् प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत पाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्