१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भक्तपुरको चाँगुनारायण–१ मा कांग्रेसको प्यानल नै विजयी


650
Shares

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनको मत परिणामले सो वडामा कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सिजन कार्कीको पूरै प्यानल विजयी भएको हो ।

कार्कीले १ हजार २२५ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ईश्वर थापाले १ हजार २१३ मत पाएका थिए ।

खुला वडा सदस्यमा कांग्रेसका गोविन्द श्रेष्ठले १ हजार ११९, श्री कृष्ण श्रेष्‍ठले १ हजार ४१ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, महिला सदस्यमा कांग्रेसकी मुना गुरुङ्गले १ हजार १७२ र दलित महिला सदस्यमा कांग्रेसकै पुजा बर्देवाले १ हजार १९७ मत ल्याएर विजयी हुनु भएको छ ।