२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरको सूर्यविनायक-१ मा एमाले विजयी


1.781k
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । सूर्यविनायक नगरपालिका–१ को वडाध्यक्षमा एमालेका सानुकाजी कायष्‍ठ विजयी हुनु भएको हो ।

कायष्‍ठले १ हजार ३१० मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेखर थापाले १ हजार १३० मत प्राप्त गर्नु भएको छ ।

महिला सदस्यमा एमालेका मन्जु कार्की १ हजार १९१ मत र दलित महिला सदस्यमा कल्पना नेपाली १ हजार ३३८ मत सहित विजयी हुनु भएका छन् । यस्तै, खुला सदस्यमा एमालेका कुमार प्रसाद चौलागाई १ हजार १३४ मत विजयी हुनु भएको छ भने अर्का एक खुला सदस्यमा कांग्रेसका सुवास न्यौपाने १ हजार १६४ मत ल्याई विजयी हुनु भएको छ ।