१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते


260
Shares

काठमाडौं । झापाको भद्रपुरबाट दित्तेल जाँदै गरेको बस उदयपुरको बेलसोतमा दुर्घटना भएको छ ।

४० जना यात्रु बोकेको यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको उदयपुर प्रहरीले जनाएको छ । घाइतेहरुको सिराहाको लहान र उदयपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।