
एजेन्सी । बलिउड र दक्षिण भारतीय कलाकारहरू एक पछि अर्काे गर्दै ठगी मुद्दामा तानिदै गएका छन् ।
दक्षिण भारतका अभिनेता, निर्देशक, लेखक, गायक, व्यवसायी मोहनलालको नाम अब यस मुद्दामा जोडिएको छ । उनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले मनी लन्ड्रिङ (मुद्रा अपचलन) को मुद्दामा सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चार माध्यमका अनुुसार मोहनलाललाई अर्को साता इडी समक्ष उपस्थित हुन आदेश दिइएको छ । यस अवधिमा इडीले एन्टिक डिलर र ठग मनसन मावुङकलसँग सम्बन्धित मनी लन्ड्रिङको अनुसन्धान सम्बन्धमा पनि उनीसँग कुरा गर्न सक्ने समाचारमा उल्लेख गरिएको छ ।
गत वर्ष सेप्टेम्बरमा केरला प्रहरीले १० करोड रुपैयाँ ठगी गरेको आरोपमा ठग मनसनलाई पक्राउ गरेको थियो । मनसन केरलाको एक युट्युवर हुन् । १० करोड ठगीमो आरोप लागेका उनी आफूलाई पुरातात्विक र पुरातात्विक वस्तुको संकलन गर्ने बताउँथे । यति मात्र नभएर उनले आफूलाई टिपु सुल्तानको सिंहासन, औरङगजेबको औँठी, छत्रपति शिवजीको भागवत गीताको प्रति र सेन्ट एन्टोनीको नङ जस्ता धेरै कुरा आफूसँग रहेको दाबी समेत गर्दै आएका छन् ।
यस्ता काम बाहेक उनी ठूला कलाकारहरूसँग पनि फोटो खिचाउन रुचि राख्थ्ये । उनले कलाकार नेतासँग पनि फोटो खिचाएका छन् । जबकि उनले आफ्नो पहँुच सबैतिर रहेको भन्ने कुरा अरुलाई देखाउन चाहन्थे ।
प्रतिक्रिया दिनुहोस्