२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने


1.339k
Shares

काठमाडौं । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो ।

सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसलाई सचेत गराउन र पर्यटन पहुँच प्रवद्धन गर्नका लागि सिरिज गर्न लागेको शेर्पाले जानकारी दिए ।

भारत बंगलादेशमा आयोजना भएको फोर नेसन्स कपको उपविजेता टोली हो । नेपाल लिग चरणबाट बहिरिएको थियो ।