
स्याङ्जा । जिल्लाको हरिनाश गाउँपालिकामा मतगणना सकिएको छ ।
एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खिम नारायण मानन्धर विजयी हुनुभएको छ । मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी टोपबहादुर भुजेलले ४ हजार ७ सय ३२ मत पाउनुभएको हो । उहाँले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभएको हो ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै इन्द्रा कुमारी थापा राना विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्नुभयो ।
एमालेकी इन्द्रा कुमारी रानाले ४ हजार ७ सय ४० मत प्राप्त गर्दा लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गर्नुभएको थियो ।
हरिनाश गाउँपालिकामा एमालेले ३, ४, ६ र ७ गरि ४ वटा वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।
यसैगरी वडा नम्बर १, २ र ५ गठबन्धनले जितेको छ ।
हरिनाश गाउँपालिकामा १४ हजार ८ सय १९ जना मतदाता रहेकोमा ९ हजार ८ सय १३ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्