
काठमाडौं । जेठ १ गते दुईदिने विदा लागू भएको पहिलो दिन ।
स्थानीय निकाय चुनावका लागि लाखौं नागरिकले काठमाडौं छोडेको, लगातार सार्वजनिक विदा जोडिएका कारण केही दिनयता काठमाडौंका सडकमा सवारी साधनको चाप कम छ ।
सरकारी निर्णयकै प्रभावले सडकमा सकारात्मक प्रभाव देखिएको भन्नु अहिले नै हतारो हुन्छ । तर, अब शनिबार आइतबार बाहेक सरकारी कार्यालय, शैक्षिकस्थल अब साढे नौ बजेदेखि पाँच बजेसम्म खुल्नेछ ।
केहीले अन्तर्राष्ट्रिय अभ्यास ठानेर यो निर्णय सकारात्मक नै मानेका छन् । विदेशमा समेत पाँच दिन काम गर्ने र दुई दिन बिदा हुने भएकाले एकदमै ठिक भएको उहाँको भनाइ छ ।
कतिपय नागरिक यसले सुशासन ल्याउनेमा कति पनि विश्वास गर्दैनन् । यसले खर्च झन् बढाउने जोखिम देख्छन् । खानेमुखका लागि जुँगा बाधक नहुने तर्क राख्ने उनीहरू हप्ताको एकदिने विदा नै उपयुक्त रहेको जिकिर गर्छन् ।
सार्वजनिक बिदाले आन्तरिक पर्यटन बढ्ने सकारात्मक पक्ष भए पनि इन्धनको खपत नघटाउने उनीहरूको तर्क छ ।
कर्मचारीले आफ्नो स्वार्थअनुकूल यस्तो निर्णय गरे पनि यसले शैक्षिक क्यालेण्डरमा पार्ने प्रभावका विषयमा बेखबर बनेको कतिपयको तर्क छ । उनीहरू भन्छन्– हाम्रोजस्तो गरिब मुलुकले विकसित मुलुकबाट कामको नक्कल गर्ने हो, छुट्टीको होइन ।
हचुवामा निर्णय गर्ने, हचुावामै आफूले गरेको निर्णय तासको महलझैं ढाल्ने प्रवृत्तिबाट सरकारले पाठ सिकेको देखिएन । पहिलाको दुईदिने छुट्टीको औचित्य सकिएको निर्णय गर्ने तिनै सरकार सञ्चालक आफ्नै निर्णय विरुद्धको कित्तामा किन उभिए ?
प्रतिक्रिया दिनुहोस्