२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फराकिलो मतान्तरले विजयी हुन्छु : चिरिबाबु महर्जन


0
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुबैले आफू विजयी हुने दाबी गर्नुभएको छ ।

कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनुभएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिनुभयो भने एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गर्नुभयो । महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढि मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताउनुभयो ।

त्यसैगरी, एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले ०७४ सालको स्थानीय तह निर्वाचनमा आफू ३२६ मतको झिनो अन्तरमा पराजित भएको र यस पटक भने सबै वडामा आफ्नो राम्रो भएकाले विजयी हुने बताउनुभयो । उहाँले विगतमा भन्दा आफ्नो २१, २२, २३, २४, २६, २७ र २८ वडामा बढि राम्रो भएकाले विजयी हुनेमा ढुक्क रहेको बताउनुभयो ।

आइताबार दिउँसोसम्मको मतगणना अनुसार मेयरमा महर्जनले अग्रता लिनुभएको छ । तर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार भने दुई प्रतिशत मत गणना गर्दा त्यो परिणाम आएपनि अब आफूले अग्रता दिने बताउनुभयो । महर्जनले भने सबै वडामा आफ्नो राम्रो मत आउने विश्वास व्यक्त गर्नुभयो ।