
सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा नं. ३ र ४, हरिवन नगरपालिकाको वडा नं. १, २ र ४, हरिपूर्वा नगरपालिकाको वडा नं. १ र ४, धनकौल गाउँपालिकाको वडा नं. १ र २ मा विजयी भएको छ ।
यस्तै, पर्सा गाउँपालिकाको वडा नं. १, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. ६, मलङ्गवा नगरपालिकाको वडा नं. १, बलरा नगरपालिकाको वडा नं. १, चन्द्रनगर गाउँपालिकाको वडा नं. १ र रामनगर गाउँपालिकाको वडा नं. ६ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
जिल्लामा ९ वटा वडामा जित हाँसिल गर्दै नेकपा माओवादी केन्द्र भने दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले बागमती नगरपालिकाको वडा नं. १ र २, बलरा नगरपालिकाको वडा नं. १० र ११, चक्रघट्टा गाउँपालिकाको वडा नं. १, रामनगर गाउँपालिकाको वडा नं. १, हरिपुर नगरपालिकाको वडा नं. १ र वडा नं. ३ र गोडैता नगरपालिकाको वडा नं. १ मा बिजयी प्राप्त गरेको छ ।
त्यसैगरी, सर्लाहीमा नेकपा एमालेले पाँचवटा वडामा जित निकालेर तेस्रो स्थानमा छ । उसले हरिवन नगरपालिका वडा नं. ३, हरिपुर नगरपालिका वडा नं. २, ईश्वरपुर नगरपालिका वडा नं. १, मलङ्गवा नगरपालिका वडा नं. २ र धनकौल गाउँपालिका वडा नं. ३ मा जित निकालेको छ ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले समान तीन÷तीन वटा वडामा विजयी भएका छन् । एकीकृत समाजवादीले हरिपुर नगरपालिका वडा नं. ८ र ९ तथा पर्सा गाउँपालिका वडा नं. २ र जसपाले हरिपूर्वा नगरपालिका वडा नं. ३, विष्णु गाउँपालिका वडा नं. ८ र बसबरिया गाउँपालिका वडा नं. १ मा जित निकालेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने गोडैता नगरपालिका वडा नं. १२ र विष्णु गाउँपालिकाको वडा नं. १ गरी दुईवटा वडामा बिजयी प्राप्त गरेको छ । देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा १९ वटा पालिकाको मतगणना जारी छ । बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् ।
निर्वाचन आयोगले बरहथवा नगरपालिकाको वडा नं. १७ मा पुनः मतदान गर्न निर्देशन दिएको छ । पर्सी मतदान भएपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जनाएको छ । बरहथवामा पर्सी पुनः मतदान गर्ने आज बसेको सर्बदलिय बैठकले निर्णय गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्