
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राख्नु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढि मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ३४१० मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी एमालेका मेयरका उम्मेवार स्थापितले १६९४ मत प्राप्त गर्नु भएको छ भने सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १६२० मत प्राप्त भएको छ । त्यसैगरी राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले हालसम्म ३२५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३८४ मत ल्याई अग्रता कायम गर्नु भएको छ । सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ९९२ मत ल्याउनुभएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६० मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्