
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ ।
बालेनले ४ हजार १३९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २ हजार १४८ मत प्राप्त गर्नुभएको छ ।
उहाँले दोस्रो स्थानमा रहेका मेयरका उम्मेदवार स्थापितको भन्दा झण्डै दोब्बर मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले १ हजार ९३४ मत प्राप्त गर्नुभएको छ ।
अहिले मत गणना भइरहेका वडामा बालेनकै अग्रता रहेको छ ।
राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्