२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराको आलिताल गाउँपालिका माओवादी विजयी


741
Shares

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्ष पार्की र कांग्रेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी हुनुभएको छ ।

वि.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङले २ हजार २६१ मत ल्याएर विजयी हुनुभएको थियो । त्यतिबेला माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पार्कीले २ सय ९८ मत प्राप्त गर्नुभएको थियो ।